२१ फाल्गुन २०७७, शुक्रबार

राजस्वका अधिकृत राना घुस लिएको अभियोगमा प्रकाउ

आर्थिक सञ्जाल
२० श्रावण २०७७, मंगलवार १५:१५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई घुस लिएको अभियोगमा प्रकाउ गरेको छ ।

रानाले बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुस बापत २ लाख रुपैयाँ लिएको आरोपमा प्रकाउ गरेको हो । अनुसन्धानको क्रममा उनलाई आज प्रकाउ गरेको हो ।