१८ फाल्गुन २०७७, मंगलवार

४ लाख ४३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

आर्थिक सञ्जाल
२० श्रावण २०७७, मंगलवार १५:००

काठमाडौं ।  समिट लघुवित्त वित्तीय संस्थाको ४ लाख ४३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २१।१०५ बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेंप्सेमा सूचीकृत भएको हो ।

समिट सजिलो लघुवित्तसँग मर्जरमा जाने तयारी गरेको छ । मर्जरमा जाने प्रस्ताव पारित गर्न लघुवित्तले असार २१ गते विशेष साधारण गरीसकेको छ । हाल समिटको सेयर कारोबार रोक्का छ । यसको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ ।