२४ फाल्गुन २०७७, सोमबार

माछापुच्छ्रे बैंकका ग्राहकलाई सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

आर्थिक सञ्जाल
२० श्रावण २०७७, मंगलवार १४:१३

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीको सेवामा विशेष छुट पाउने भएका छन् । ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका विभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

सो सम्बन्धी माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

बैंककोे डेबिटरक्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।