२१ फाल्गुन २०७७, शुक्रबार

पूर्व सचिव डा. उप्रेती स्वास्थ्य बीमा बोर्डमा नियुक्त

आर्थिक सञ्जाल
२० श्रावण २०७७, मंगलवार १०:४८

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा मन्त्रिपरिषदले डा.उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो

यसभन्दा पहिलाका अध्यक्ष डा.रमेश पोखरेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खालि रहेको थियो । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको थियो ।