२४ फाल्गुन २०७७, सोमबार

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रिमा

आर्थिक सञ्जाल
१९ श्रावण २०७७, सोमबार १५:५९

काठमाडौं । महालक्ष्मी विकास बैंकले पाँच लाख ९२ हजार ५ सय २० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुले आफनो नाउमा रहेको पाँच लाख ७३ लाख १ य ८५ कित्ता र १९ हजार २ सय ३५ कित्ता शेयर बिक्रिका लागि छुट्टाछुट्टै निवेदन दिएपछि शेयर बिक्री गर्न लागेको हो । बैंकले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बैंकले उक्त शेयर खरिदका लागि बैंकका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको केन्दि«य कार्यालय काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

साथै तोकिएको शेयर खरिदको निवेदन प्राप्त नभएको खण्डमा प्रचलित ऐन कानुन अनुसार बिक्रि गरिने बैंकले जनाएको छ ।