
काठमाडौं । भोली साउन २० गते मंगलबारबाट सजिलो मिल्स प्रा.लि.ले आफ्नो कारोबार शुरु गर्ने भएको छ । लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केहि गरौँ भनेर अनलाईन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न लागेका हुन् ।
कम्पनीले पहिलो चरणमा काठमाडौं भित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा तयारी खानाहरु ग्राहकका स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा डेलिभरी गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै, कम्पनीले दोश्रो चरणमा घरमा तयार हुने सस्तो, गुणस्तरिय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कपोरेट हाउसमा डेलिभरी गरिने कार्यक्रम बनाएको छ । यसका लागि कम्पनीले हालसम्म ३५ वटा रेष्टुरेन्टसँग सम्झौता गरिसकेको छ ।
घरमा तयारी हुने खानाका लागि उपत्यका भित्र पाँच÷पाँच जना महिलाको समूह बनाई पच्चिस स्थानमा खाना बनाउने केन्द्र पब्लिक प्राइभेट पार्टनरसिपमा तयार गरेको छ ।