२० फाल्गुन २०७७, बिहीबार

दिव्यश्वरी हाइड्रोपावरको वित्तीय अवस्था ?

आर्थिक सञ्जाल
१९ श्रावण २०७७, सोमबार ०९:००

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले बल्ल गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा दिव्यश्वरी हाइड्रोपावर ३ करोड १६ लाख ६० हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा कम्पनी २ करोड ६ लाख २५ हजार रुपैयाँ नोक्सानमा थियो । कम्पनीको विद्युत् विक्रीबाट हुने आम्दानी घटेसँगै नोक्सानी पनि बढेको हो । चैत मसान्तसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी १५।४९५ ले घटेर ५ करोड ७५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६ करोड ८० लाख ५१ हजार रुपैयाँ थियो । गत वर्ष वर्षा याममा आएको बाढी पहिरोले आयोजनामा क्षति भएको थियो । यसको मर्मत सभांर कार्य सकिएकाले आगामी वर्ष यामदेखि पूर्ण क्षमतामा उत्पादन हुन सक्ने कम्पनीले बताएको छ । त्यसपछि नाफा सुधार हुने अपेक्षा गरिएको छ ।

यसअवधिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । चैत मसान्त सम्ममा जगेडा कोष १६ करोड ३२ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यता, प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ ३८ रुपैयाँ १७ पैसा रहेको छ ।