२० फाल्गुन २०७७, बिहीबार

राष्ट्रिय बीमा कम्पनीले मनायो ७ औ वार्षिकोत्सव

आर्थिक सञ्जाल
१८ श्रावण २०७७, आईतवार १६:५५

काठमाडौं । सरकारी स्वामित्त्वमा रहेको राष्ट्रिय बीमा कम्पनी ६ औ बर्ष पूरा गरेर ७ औ बर्षमा प्रवेश गरेको छ।

कम्पनीले आफनो ७ औ बार्षिकउत्सवको अवसरमा यस स्थान सम्म ल्याउन सहयोग गर्ने शेयरधनी, अभिकर्ता, बीमीत, नियमक निकाय र आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

साथै कम्पनीले आगामी दिनहरुमा थप आधुनिक गुणस्तरीय तथा विश्वनीय रुपमा कम्पनीलाई अघि बढाउदै जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले व्यवसायीक यात्राको लामो ऐतिहासिक जिम्मेवारी पूरा गर्न र बीमा व्यवसायमा एक सक्षम, सवल र उच्च दक्षता सहित सार्वजनिक बीमा कम्पनीको रुपमा स्थापना गर्न आगामी दिनमा थप सक्रिय रुपमा अघि बढ्दै जाने बताए ।