१५ फाल्गुन २०७७, शनिबार

लकडाउन उल्लघंन गर्ने १५१९ जना नियन्त्रणमा

आर्थिक सञ्जाल
१९ बैशाख २०७७, शुक्रबार १७:३६

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार

काठमाडौं  । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय २० महिला सहित  १५ सय १९  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ ५:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ५ सय १२ वटा दुई पाङ्ग्रे र ३८ वटा चारपाङग्रे गरी ५ सय ५० वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १२ सय ४९, ललितपुरमा २ सय ४९ र भक्तपुरमा २१ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो ।