२ जेष्ठ २०७८, आईतवार

सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाड्यो सुलभ अग्रवाललाई

आर्थिक सञ्जाल
१९ बैशाख २०७७, शुक्रबार ०७:३१

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौँले २५ लाख ५० हजार धरौटीमा छाडे लगत्तै अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।

विभागले उनलाई बयान लिएर लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको हो । अग्रवाल गत चैत २५ गते कालोबजारी गर्दै गरेको थर्मल गन सहित काठमाडौँको नक्सालबाट पक्राउ परेका थिए ।