
आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार
काठमाडौँ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब ३ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३१.१८% ले बढी हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने घटेको छ । बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २८.४१% र ३१.६९% ले बढेको छ ।