८ बैशाख २०७८, बुधबार

कामदारलाई कोरिया जान दिने सरकारको निर्णय

आर्थिक सञ्जाल
१५ बैशाख २०७७, सोमबार ०८:२२
आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार
काठमाडौ । सरकारले कोरियन भाषा परीक्षा (इपीएस) पास भएर अन्तिम छनोटमा परेका नेपाली कामदारलाई लक डाउनकै अवधिमा पनि कोरिया जान दिने भएको छ । कोरिया सरकारसँग आवश्यक समन्वय गरेर जान दिने निर्णय आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

इपीएस अन्तर्गत कोरियामा काम गर्न जाने तयारीमा रहेका युवालाई २ देशको सल्लाह र सहमतिमा कोरिया जानदिने निर्णय गरिएको सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले बताए ।