१८ फाल्गुन २०७७, मंगलवार

१९४१ जना लकडाउन उल्लघंन गर्ने नियन्त्रणमा

आर्थिक सञ्जाल
१० बैशाख २०७७, बुधबार १८:२६

आर्थिक सञ्जाल वैशाख १०, २०७७ बुधबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ४२ महिला सहित  १९ सय ४१  जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे देखि बेलुका १८:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ३ सय ९१ वटा दुई पाङ्ग्रे र ३४ वटा चारपाङग्रे गरी ४ सय २५ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौँमा सबै भन्दा बढी १६ सय ५३, ललितपुरमा १ सय ७७ र भक्तपुरमा १ सय ११ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ७० जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।