१२ फाल्गुन २०७७, बुधबार

आई.एम.ई. लाइफ इन्स्योरेन्स कंम्पनीले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु. ७,५०,०००

आर्थिक सञ्जाल
५ बैशाख २०७७, शुक्रबार १७:४३

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

काठमाडौं । आई.एम.ई. लाइफइ न्स्योरेन्स कंम्पनी लिमिटेडले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु. ७,५०,०००/ (अक्षेरुपी सात लाख पचास हजार मात्र) आर्थिक सहयोग गरेको छ ।
बिश्वभर फैलिएको कोरोना भाईरस महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनिकोरोना भाईरस बिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केहीथप सहयोग हुने आशा कंम्पनीले गरेको छ ।
यस सहयोगका साथै यस कंम्पनीको क्षेत्रिय तथा शाखा कार्यालय मार्फत नेपालभरको बिभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पी.पी.इ. (PPE) गायतका सामानहरु समेत हस्तान्तरण गरेकोे कंम्पनीले जनाएको छ ।