१० बैशाख २०७८, शुक्रबार

सिटिजन लाइफ इन्स्योरेन्सले राहत कोषमा दियो साढे ७ लाख रुपैयाँ

आर्थिक सञ्जाल
३ बैशाख २०७७, बुधबार १७:५३

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

अहिलेको यस विषम परिस्थितिमा सहयोगको पाइला अघि बढाउँदै कम्पनीले साे मात्राकाे सहयाेग गरेकाे हाे ।

थै, कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यलयहरुले स्थानिय नियकसंग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको व्यहोरा जानकारी गर्दछौं ।

विश्वभर फैलिएको यस महामारीले अहिलेसम्म १ लाख २६ हजार भन्दा बढी मानिसहरुको ज्यान लिएको छ । यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तररुपमा प्रयास गरिरहेको यस समयमा सिटिजन लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भए पनि मद्दत पुर्याउँने आशा गरिएको छ ।