२२ फाल्गुन २०७७, शनिबार

लकडाउन उल्लघंन गर्ने २९९३ जना नियन्त्रणमा

आर्थिक सञ्जाल
१ बैशाख २०७७, सोमबार १८:०५

आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार

काठमाडौं ।  काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय ७५ महिला सहित  २९ सय ९३  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

यसै गरी  २ सय १४ वटा दुई पाङ्ग्रे र ७ वटा चारपाङग्रे गरी २ सय २१ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि २३ सय ६३ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ६ सय १० र भक्तपुरबाट २० जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नु भयो ।