२१ फाल्गुन २०७७, शुक्रबार

नयाँ वर्ष शुरु : विक्रम सम्वतको मौलिकता

आर्थिक सञ्जाल
१ बैशाख २०७७, सोमबार ०८:०८

आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार

काठमाडौं । आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम सम्वतको आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् ।

सरकारी कामकाजमा विसं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ । यो सम्वतको आरम्भकर्ता विक्रामादित्य हुनुहुन्छ ।
ज्योतिष पं. दीपक सुवेदीले यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेकाले बताउनुभयो । उहाँले आफ्नो पहिचान बोकेको सम्वतलाई महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताउनुभयो । ज्यो सुवेदीले भन्नुभयो, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ । त्यसकारण यो संवत्बारे कुनै अन्योल पालिरहनु पर्दैन ।” रासस