२३ फाल्गुन २०७७, आईतवार

१५९५ जना लकडाउन उल्लघंन गर्ने नियन्त्रणमा

आर्थिक सञ्जाल
२५ चैत्र २०७६, मंगलवार १८:११

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ७६ महिला सहित  १५ सय ९५  जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ५ सय १० वटा दुई पाङ्ग्रे र ३५ वटा चारपाङग्रे गरी ५ सय ४५ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नु भयो ।