१८ फाल्गुन २०७७, मंगलवार

जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, त्यसबेला युरोप र अमेरिका ठट्टा गर्दैथिए

आर्थिक सञ्जाल
२५ चैत्र २०७६, मंगलवार १७:१०

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

प्रा.डा. युवराज संग्राैला

हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं । तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ ।

धेरै कुराहरु बाहिर प्रकट भएका छन र देख्न सकिन्छ। मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ।

१. जब चीन कोरोना भाइरसका विरुद्ध लंडाइ लडिरहेको थियो । वुहान बन्द गरिएको थियो, चिनियाँ जनता आतंकित थिए, चीन बिश्वलाई सहयोग र सद्भावका लागि आह्वान गरिरेहेको थियो।  तर त्यसबेला युरोप र अमेरिका ठट्टा गर्दैथिए । ट्र्म्पले पटक पटक चिनियाँ भाइरस भनी व्यंग्य गरे ।  युरोपका शहरमा चिनियाँ मानिसहरु कुटिए । नेपालमा एउटा पत्रिकाले मजाक गर्दै माओको मुखमा मास्क लगाएको तस्बिर छाप्यो ।  नेपाल सरकारले मानवताका आधारमा सिमाना जोडिएको छिमेकीलाई सहयोग गर्नुपर्छ भनेर मैले लेखें । स्वयमसेवक, आफ्नो इच्छाले जान चाहाने एउटा चिकित्सकको समूह चिन पठाउनु पर्थ्यो ।

नेपालले चीन सङ्गको कुटनीतिमा ठूलो त्रुटी देखायो, त्यसबेला । चीन गएका नेपाली बिद्यार्थीलाई घर आउने अधिकार थियो ।  तर सरकारले रेस्कु, इभ्याक्युएसन वा उद्धार जस्ता गलत शब्द प्रयोग गर्यो । चिनियाँ जनता प्रति त्यसबेला जुन संवेदना हामीले देखाउनु पर्थ्यो, हामीले देखाएनौं ।  हामीलाई त्यसले कतै छोएन।  तर जब माहामारी पश्चिम पुग्यो, हाम्रा आँखा अचानक खुले ।

२. यो भाइरस रोग थियो । त्यसको राष्ट्रियता थिएन । यो मानिसको विरुद्ध थियो राष्ट्रियताको बिरुद्ध थिएन । तर युरो-अमेरिकन संचार माध्यमले यसलाइ राजनीति ठट्टामा बदले ।  साप र चमेरो खाएर तेस्तो भएको भनेर लेखे। पश्चिमी संस्थाले जनाबार मारेको पाप कराएको भनेर लेखे ।  केही नेपाली संचार माध्यमले पनि यहि कुरा दोहोर्याए । अब चीन सकियो भनेर पश्चिमीले खुसी देखायो । जब रोगका विरुद्ध लंडाइ शुरु गर्यो चीनले, अधिनायकवादको कुरा उठाए।  कुटिकुटी मानिस थुनेको आरोप लगाए । अर्थात रोगलाई राजनीतिकरण गरे । त्यसको नक्क्ल गर्ने नेपालमा पनि थिए।

पश्चिमी मुलुकले तेसबेला चीनलाई यस माहामारीका विरुद्ध सहयोग गर्नुपर्ने थियो । रोगमा राजनीति गर्नु हुने थिएन।

३. अहिले चीनले बद्ला लिएन । चीनले अन्तराष्ट्रिय दायित्वलाई राम्रो सङ्ग आगाडी बढाइरहेको छ। उस्ले अहिले संवेदना र मानवीयताका आधारमा युरोपलाई सहयोग गर्नु पर्छ भन्ने ठान्यो। उस्ले सहयोगका हात अगाडि बढायो। अहिले नेपाली पत्रकार माओका मुखमा टांसेको मास्कले युरोपिएन जनताका मुखमा पस्नबाट भाइरस रोकिरहेका छन। यस महामारीले बिश्वका थुप्रै लुकेका कुराहरुलाई पनि बाहिर ल्याएको छ।

क. युरोप र अमेरिकामा भएको बिज्ञानको बिकास मानिसको जीवन बचाउने क्षमता, प्रबिधि र औषधीको खोज, अनुसन्धान र निर्माण भन्दा हातहतियार र अन्यथा प्रयोगका कुराहरुमा भएको रहेछ। जुन क्षमता चीन, कोरिया र जापानले कोरोना रोक्न देखाए, जस्ता उपकरणहरु प्रयोग गरे, त्यो युरोप र अमेरिकामा देखिएन।  यो भ्रष्ट पुंजिबादी उपभोक्ताबादी अर्थतन्त्रको विशेषता रहेछ।

ख. पुजिंबाद र समाजबादको बिचको फरक प्रष्ट देखिएको छ, अहिले। चीनमा जब यो भाइरसका विरुद्ध लंडाइ चलिरहेको थियो, सबैलाइ सरकारले गर्ने सहयोग उस्तै थियो। गरिबले काम गर्न नपाएर मर्नु पर्ने र धानीले अलिसान महलमा आइसोलेसनमा बस्ने स्थिती देखिएन। तर पुजिंवादी अमेरिकामा धनिका लागि महंगा अस्पताल छन, सबै सुबिधा छ्न। तर तल्लो आर्थिक अवस्था भएका जनताको हालत खराब छ। त्यहाका संचार माध्यमले त्यो कुरा किन बाहिर ल्याउदैनन ?

किनभने सबै संचार माध्यम कर्पोरेट हाउसका आधिनमा छ्न र उनिहरुको स्वार्थ भ्रष्ट पुंजिबादको सेवा गर्नु हो। यता नेपालमा पनि उन्को प्रभाव छ, त्यसैले ट्र्म्पको मुखमा मास्क लगाएको तस्बिर छाप्दैनन । महामारीको सामाना गर्न पुंजिबाद असफल हुने रहेछ भन्ने कुरा, २० हजार मानिसमा संक्रमण हुदां ६००० मरेका घटनाले पुष्ठि गर्छ्न । नेपालमा पनि धनीहरुको यो महामारी रोक्ने सहयोग देखिएन। धनिका अस्पतालमा ज्वोरो आएका मानिस छिर्नै नपाउने अवस्था पो आयो।

ग. पश्चिम पुजिवादी अर्थतन्त्रका लागि यो महामारी त्रासधीपुर्ण हुने देखियो। एसिया खासै प्रभाबित नहुने पनि देखियो। एसियामा महामारीलाई रोक्न चीनको सहयोगले भुमिका खेल्ने पनि देखियो । तर पश्चिम प्रभाबमा रहेको नेपालको राजनीति र कर्मचारीतन्त्रले चीन प्रति महामारीका समयमा नेपाल हाम्रो असल मित्र हो भन्ने भाव देखाउन सकेन। यो कुरा सरकार र दलहरुलाई अहिले पनि महसुस भएको जस्तो लाग्दैन। यस्ले नेपालको चीन सङ्गको कुट्नितीमा धमिरा लागेको आंशका गरिएको छ।

घ. चीनले अहिले जसरी WHO र UN सङ्ग समन्वय गर्दै सहयोग आगाडि ल्यायो, त्यसबाट कुटनीतिमा  उस्को नीति परिपक्वता प्रकट भयो। उस्को उत्पादन प्रणाली पुन संचालनमा आयो। उस्को अर्थतन्त्रले क्षेती ब्योहोर्नु पर्ने अवस्था अब रहेन, तर बिकसित देशको अर्थतन्त्रले ठूलो क्षेती ब्यहोर्नु पर्ने देखियो। चीनले एक अर्थमा छंलाङ्ग मार्यो भन्दा हुन्छ । अन्तराष्ट्रिय संबन्धमा चिनको भुमिकालाई बर्खास्त गर्न अब संभब छैन ।

४. के हुन्छ नेपालमा चिनको सशक्त्त उदयको यो अवस्था र पश्चिमको यो संकटले ? थुप्रै प्रभाब पर्ने कुरा टडकारो छ। भारत यदि यस महामारीको प्रकोबमा चीनकै तहमा आयो भने, भारतलाई यो समस्या संबोधन गर्न संभब हुँदैन, पैसा र बिज्ञान नभएर होइन। भारतको जनसंख्या सचेत छैन र नेपालमा जस्तै अनुशासनहिन अल्पज्ञानको सिकार भएको छ । यहाँ पनि कालोबजारी र भ्रष्टाचारको बिग्बिगी छ। भारतमा महामारी फैलियो भने, नेपाल तहस–नहस हुन्छ। के सहयोग माग्ने हक छ हाम्रो चीनसङ्ग अझै ? सहयोग त चीनले फरि पनि गर्छ। तर उनिहरु हामीलाई सहयोग दिनु अगाडि एक पट्क हाम्रो प्रवृत्ति देखेर मुस्कुराउने छ्न। के पश्चिमले हामीलाई चिकित्सक र औषधी ल्याउने छ ? त्यसैले भनेको होला नि, श्रीमती श्रीमान छोडन सकिन्छ छिमेकी बदल्न सकिन्न भनेर। हामिले भुकम्पमा चीनले लगाएको गुन स्मरणसम्म गरेका छौँ ? सरकारमा बस्नेहरु