२ जेष्ठ २०७८, आईतवार

११२ गाडीबाट सामान आयात

आर्थिक सञ्जाल
२० चैत्र २०७६, बिहीबार ०९:०४

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौं । चैत १९ गते बेलुका ६ बजेदेखि आज २०गते बिहान ६ बजेसम्मकाे नागढुङगा नाका भई उपत्यका भित्रीएका गाडीहरु ग्यास गाडी २१ वटा (जम्मा १२१२० सिलिन्डर), ग्यास बुलेट ५ वटा, पेट्रोलका १ वटा,चामल बोकेका १४ वटा, औषधि ७ वटा, फलफुल ६ वटा, दुध ११ वटा, अक्सिजन ४, तरकारी २४, अण्डा ३, डिजेल ४, कुखुरा ५ ,दाल ७ ,नुन ४, चिनि ४२, मैदा ४ ,गहु २, घान ३ र घ्यूतेल २ लगायतका आवश्यक सामाग्री बोकेका ४७ वटा पिक अप भ्यान र ६५ माल बाहक गाडी भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले रामशाहपथले जानकारी दिएको छ ।