१० बैशाख २०७८, शुक्रबार

सिद्धार्थ बैंकद्वारा प्रदेश ५ मा १० लाख सहयोग

आर्थिक सञ्जाल
१६ चैत्र २०७६, आईतवार ०९:२५

 

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

भैरहवा । सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई  १० लाख रुपैयाँ सहयोग गरेको छ ।

शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बैंकका प्रदेश नं ५ का प्रमुख सुशील नेपालले रु १० लाखको चेक हस्तातरण गरेका हुन । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तानतरण गरेको जनाएको छ ।

बैंकले हस्तान्तरण गरेको चेक बुझ्ने क्रममा मुख्यमन्त्री पोखरेलले बैंकको प्रशंसा गर्दै देशमा परेको सङ्कटलाई सहयोग पुयाउनु महान् कार्य भएको बताए । उनले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले योजनाबद्धरूपमा काम गरिरहेकाले बैंक दिएको रकम पनि सही काममा सदुपयोग हुने भन्दै बैंकलाई धन्यवाद दिए ।