१० बैशाख २०७८, शुक्रबार

उपकरण खरिद अगाडि नै आशंका

आर्थिक सञ्जाल
१५ चैत्र २०७६, शनिबार १८:५०

 

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

काठमाडौं । अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ तथा scepticism is better than over confidance. अस्ति भर्खर सेक्युरिटी प्रेसमा ७० करोड कमिसनको बार्गेनिङ गरेका कारण सरकारको प्रवक्ता तथा सुचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाको आवरणमा नेकपा सरकारको निर्लज्जता र वेईमानी देखेका/सुनेका/भोगेका हामी आम सर्वसाधारण, महाव्याधिको पृष्ठभूमिमा सरकार, मन्त्रीपरिषद तथा मन्त्रीहरूका अपारदर्शी तथा गैर जिम्मेवार तथा गैर जवाफदेहीता पुर्ण निर्णय तथा हैकमवादी शासन पद्धतिको अनुसंधान गरि सत्यतथ्य सार्वजनिक गर्ने तथा देश गम्भीर मोडमा भएको बेला हरकोही सरोकारवला राष्ट्र र नागरिक प्रती बफादार हुनुपर्छ।

कोरोना भाइरस (कोविड १९) को संक्रमण सुरु भएको ३ महिनासम्म पनि सरकारले किट्स, मास्क, पीपीई, ग्लोब जस्ता अत्यावश्यक मेडिकल सामग्री खरिद गर्न आवश्यक ठानेन।

जब कोरोना भाइरस संक्रमित ४ जना बिरामी देखिएपछि सरकारले चीनबाट यी सामान खरिद गर्ने तयारी गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठक राखेका थिए ।

त्यहाँ थुप्रै सप्लायर्स उपस्थित थिए । तर मन्त्री ढकालले हस्पिटेक इन्टरप्राइजेज र बायोमेड इन्टरनेशनलका सञ्चालक विशाल पण्डितले मात्र पीपीई, किट्स, मास्क जस्ता मेडिकल सामग्री ल्याउन सक्ने भन्दै अरुको कुरा नै नसुनेको बैठकमा सहभागी स्रोतले बताएको छ। स्वास्थ्य मन्त्रालयले करिब १ अर्ब ५० करोड रुपैयाँमा पीपीई, किट्स लगायतका मेडिकल सामग्री खरिद गर्दैछ।

यसमा विशाल पण्डितले आफ्नो संस्थाबाट खरिद गर्दा विवादमा पर्ने भएपछि अन्य ब्यापारीको फर्मबाट सप्लाई गर्ने तयारी गरे अन्तर्गत ओम्नीटेक र एक चिनियाँ कम्पनी छानिएको स्रोतको दावी छ। पण्डितका कम्पनीहरु यसअघीका उपकरण खरिदमा अनियमितता र विवादमा तानिएर अख्तियारमा समेत उजुरी परेकाले उनले ओम्नीटेकलाई अघी सारेको मन्त्रालय स्रोतको दावी छ।

सबै मेडिकल सामानको ठेक्का पण्डितकै योजनामा मन्त्री ढकालले दिलाएको हुन् । स्वास्थ्य मन्त्रालय स्रोत भन्छ, ५ हजार रुपैयाँमा खुद्रा किन्न पाइने पीपीईलाई पण्डितले १५ हजार रुपैयाँ दररेट राखेका छन् । यसमा करोडौं रुपैयाँको चलखेल भएको बताइन्छ। को हुन् विशाल पण्डित ? विशाल पण्डित धादिङ स्थायी घर भएका एक ब्यापारी हुन् ।

शुरुमा उनी गलैंचाको काम गर्थे, घाटा लागेर चीनबाट झोलापोका सामान आयात गर्न थाले । त्यसमा पनि पार नलागेपछि सिरिन्ज बिक्री गर्दै जीवन गुजारा गर्दा गर्दै उनी अस्वाभाविक रुपमा कारोबारी बनेर निस्किए ।

नेतादेखि स्वास्थ्यका कर्मचारी, मन्त्रीका निकटलाई हातमा लिने र आफू अनुकुलका कर्मचारी सरुवा गराउने हैसियतमा पुगे । राजेन्द्र महतो स्वास्थ्य मन्त्री हुँदा मिङ्मार शेर्पा स्वास्थ्य सेवा विभागको महानिर्देशक भएपछि स्वास्थ्यका उपकरण आपूर्तिदेखि मर्मतसम्मका बार्षिक २० करोड भन्दा बढीको ठेक्का पाए ।

त्यही बेलादेखि उनी स्वास्थ्यमा एकाधिकार कायम गर्न सफल भए । जो मन्त्री भए पनि उनको उपकरण मर्मतदेखि आपूर्तिमा एकाधिकार छ । उनले आफूअनुकूलका हाकिम लाने र उपकरण खरिदको बजेट नै छुट्याएर आफ्नो कम्पनीसँग मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाएर कसैलाई टिक्नै नदिने गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले रु २४ करोड ४७ लाखमा विभिन्न मेडिकल उपकरण खरिद गर्यो । जसमा रु १६ करोड २५ लाख पर्ने एमआरआई (१.५ टेस्ला) मुख्य थियो । अघिल्लो आ. व. मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले पनि क्रमशः रु १५ करोड र रु ११ करोड खर्चेर उही एमआरआई (१.५ टेस्ला) नै खरिद गरे । यी तिनै संस्थालाई उपकरण उपलब्ध गराउने ठेक्का पाउने कम्पनी थियो– लाइफलाइन ट्रेड प्रालि । यसैगरी स्वास्थ्य मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखाले सबै स्वास्थ्य संस्थाका उपकरण मर्मतका लागि गत वर्ष रु.४५ करोड बजेट खर्च गर्यो ।

यो कामका लागि महाशाखाले बोलपत्र मार्फत नै दुई कम्पनीलाई योग्य ठहर्यायो । तीमध्ये एउटा उही लाइफलाइन थियो भने अर्को हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. यी दुवै कम्पनीका मालिक पण्डित दाजुभाइ नै हुन् ।