
आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार
काठमाडौं । नेपाल इन्स्योरन्स कम्पनीबाट बीमा गरेका बीमितहरुले आफ्नो बीमा पोलिसी नविकरणको मिति सकिदै छ भने तत्कालै इमेल गर्न कम्पनीले सूचना जारी गरेको छ ।
बीमा समितिले ‘लकडाउन’ अवधिभरीलाई बीमा समितिले विद्युतीय माध्यमबाट प्राप्त कागजपत्रलाई आधार मानि बीमा लेख नविकरण गर्न ब्यबस्था अनुसार नै नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकलाई आफ्नो बीमा लेखको समय सिमा सकिन अघि नै इमेल गर्न भनेको छ ।