१६ फाल्गुन २०७७, आईतवार

माछापुच्छ्रे बैंकको सीइओ मा कोइराला

आर्थिक सञ्जाल
११ चैत्र २०७६, मंगलवार ०७:४२

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । माछापुच्छ्रे बैकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी सन्तोष कोइरालाले पाएका छन । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैंठकले
कोइरालालाई २०७७ बैसाख १ गतेदेखि लागू हुने नियुक्ती गरेको हो । गत चैत २ गतेदेखि कोइराला कामू सीइओ भइ जिम्मेवारी सम्हालेका थिए ।

कोइरालाले माछापुच्छ्रे बैंकमा ७ वर्ष विताइ सकेका छन् । कोइरालाले बैंक अफ काठमाण्डूबाट आफ्नो बैंकिङ करियर शुरु गरेका हुन । सानिमा बैंक हुँदै माछापुच्छ्रे बैक लामोसमय काम गरिसकेका छन् । कोइरालासँग २१ वर्षको बैंकिङ अनुभव छ ।

बैंकिङको लामो अनुभव भएका कोइराला माछापुच्छ्रे बैकमा डेपुटी सीइओका रुपमा कार्यरत थिए । तत्कालीन सीइओ सुमन शर्माले राजीनामा दिएपछि कोइराला कामू सीइओको जिम्मेवारी पाएका थिए ।