
# हातमा औंठी तथा घडी नलगाऔं । साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन ।
# नंग नपालौं ।
# बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ ।
# सकभर पत्रिका घरभित्र नराखौं ।
# नलाइन संस्करण पढौं ।
# पैसाबाट कोरोना भाइरस सर्न सक्छ । # पञ्जा लगाएर पैसाको काम गरौँ # पैसालाई घाममा राखौं ।
# दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ ।
# अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ ।
# स्विमिङ नगरौं ।
# दाहिने हातलाई ( बायाँ हात चलाउनेले बायाँ हात ) अनुहार छुनबाट नियन्त्रण गरौँ ।
# मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ ।
# बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ । घरभित्र आउँदा आफुलाई शंका गरौँ ।
# मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं । घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ ।
# देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पुजा गरौँ ।
# हरेक व्यक्तिसंग १/५ मिटरको दुरी कायम गरौँ । # पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ । # हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं । संक्रमण भयो भने तपाईले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् ।
त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाईले किनेका खाध्य पदार्थ तपाईंले खान सक्नुहुन्न । #कडा औषधि तथा स्टेरोइड सेवन नगरौं ।
गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउदै हटाउने तरिका सिकौं ्र
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ