२८ बैशाख २०७८, मंगलवार

स्वावलम्बन लघुवित्त सिरहाद्वारा शैक्षिक सामग्री वितरण

आर्थिक सञ्जाल
७ चैत्र २०७६, शुक्रबार ११:३७

 

आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६

काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिरहाले ग्राहक सदस्य तथा न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।
शाखा कार्यालयबाट सिरहा नगरपालिका वडा नं.६ बसविट्टा स्थित आधारभूत बिद्यालयका १०० जना न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई स्कूल झोला, कापी र कलम वितरण गरिएको हो । कार्यक्रमका प्रमुख आतिथि सिरहा नगरपालिका वडा नं.६ का अध्यक्ष विजयकुमार यादवले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको दलित छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेकोमा आभार व्यक्त गर्नुभयो । वित्तीय संस्थाले विपन्न महिलाहरुलाई कर्जा तथा बचतको माध्यमबाट आर्थिक उन्नतीमा टेवा पु¥याएको बताउनुभयो ।
इलाका कार्यालय लहानका इलाका प्रबन्धक मेघ बहादुर खड्काले वित्तीय संस्थाको ऐतिहासिक पृष्ठभूमि र हाल पु¥याइरहेको सेवाका सम्बन्धमा आफ्नो मन्तव्य राख्नुभयो । उहाँले वित्तीय संस्थाले विभिन्न स्थानमा यस प्रकारको सहयोग गर्दै स्थानीय विपन्न वर्गको शैक्षिक स्थितिमा सुधार ल्याउन कृयाशिल रहेको बताउनुभयो । शाखा कार्यालय सिरहाका कार्यालय प्रमुख जय प्रकाश निरालाले शाखा कार्यालयबाट प्रवाह भएको सेवा बढी भन्दा बढी प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले सहभागी सबैलाई धन्यबाद दिनुहुदै वालकालिकाको उज्वल भविष्यको कामना गर्नुभयो ।
कार्यक्रममा शाखा कार्यालयको कार्यक्षेत्र अन्तरगतका केन्द्रबाट सदस्य लगायत अभिभावक, विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, विभिन्न शाखाका कर्मचारी लगायत स्थानीयको सहभागीता रहेको थियो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४९ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख रहेको छ ।