२० फाल्गुन २०७७, बिहीबार

सरकारले आजदेखि ८ ठाउँबाट नुन, तेल, चामल र ग्यास बेच्ने

आर्थिक सञ्जाल
७ चैत्र २०७६, शुक्रबार ०८:१८

आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं । सरकारले शुक्रबारदेखि नुन, तेल, चामल र ग्यास लगायतका अत्यावश्यक सामग्री बेच्ने भएको छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत उपत्यका र आसपासका ८ ठाउँबाट नुन, तेल, चामल र ग्यास लगायतका समान बेच्न लागेको हो ।

यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् । सरकारले कालीमाटी, कोटेश्वर, सतुंगल, बालाजु चावहिल, भक्तपुर र बनेपामा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउन लागेको हो ।

ललितपुर महानगरपालिकासँग मिलेर जावलाखेलमा पनि त्यस्तो पसल सञ्चालन हुनेछ । यी पसलहबाट सरकारले बजार मूल्य भन्दा सस्तो भाउमा अत्यावश्यक सामग्री उपलब्ध गराउनेछ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका अनुसार देशभा ६ महिनाका लागि आवश्यक खाद्यान्न रहेको छ भने ८ महिनाका लागि पुग्ने औषधी रहेको र औषधीका लागि आवश्यक कच्चा पदार्थ पनि ६ महिनाका लागि मौज्दात रहेको छ ।

१० महिनाका लागि पुग्ने नुन रहेकाले पनि उपभोक्ता आत्तिनु नपर्ने उनले बताए । ३ महिनाका लागि पुग्ने चीनी सरकारसँग नै रहेको पनि उनले दावी गरे ।