
बैंकले ११ करोड ८४ लाख ४७ हजार २४९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६२ लाख ३४ हजा ६५ रुपैयाँ नगद (कर प्रयोजन) मा खर्च गर्नेछ । सभा, होटल होलिडे होम विर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ ।
उक्त प्रस्ताव पारित भएमा कुल २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद सेयर जारी हुनेछ । यता, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अघि सारेको छ ।