७ बैशाख २०७८, मंगलवार

सिद्धार्थ इन्स्योरेन्सको १८औं साधारण सभा चैत २८ मा

आर्थिक सञ्जाल
४ चैत्र २०७६, मंगलवार १६:५८

आर्थिक सञ्जाल मंगलबार, ४ चैत्र २०७६

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १८औं वार्षिक साधारण सभा चैत २८ गते बोलाएको छ । कम्पनीले अग्रवाल सेवा केन्द्रको भवन, कमल पोखरी, काठमाडौंमा विहान ११ बजे साधारण  सभा बोलाएको हो । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

यो वर्ष कम्पनीले शेयरधनीहरुको लागि लाभांशको प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरु मत्र सभामा उपस्थित हुन सक्नेछन् ।