६ बैशाख २०७८, सोमबार

नबिल बैंकको ऋणपत्र चैत २ गतेदेखि बिक्रीमा

आर्थिक सञ्जाल
२९ फाल्गुन २०७६, बिहीबार १३:५१

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौं । नबिल बैंकको कूल २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र आगामी चैत २ गतेदेखि बिक्री हुने भएको छ । ‘१० प्रतिशत नबिल डिबेञ्चर २०८२’ नाम दिइएको नबिल बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ । जसमा लगानीकर्ताले १० प्रतिशत बराबरको निश्चित व्याजदर पाउने छन् ।

उक्त ऋणपत्र मध्ये एक अर्ब २० लाख करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र व्यक्तिगतका लागि र ८० करोड रुपैयाँ बराबरका ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । ऋणपत्र निष्कासन छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गते बन्द हुनेछ ।

नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन बमोजिम कुल ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान बमोजिम यस्तो व्यवस्था गरिएको हो । त्यसमा म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता समेत समावेश रहेको छ ।

बैंकले आफ्नो व्यवसाय वृद्धिको लागि सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले यसभन्दा अगाडि सात वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत व्याजदर भएको ‘नबिल बैंक बोण्ड २०७५’ नामक कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।

उक्त ऋणपत्र लक्ष्मी क्यापिटल मार्केटमार्फत् बिक्री हुनेछ । उक्त सेवा प्रदान गरे बापत क्यापिटललाई एकमुष्ठ ५ लाख ५० हजार रुपैयाँ सेवा शुल्कको रुपमा दिने बैंकले जानकारी गराएको छ ।