६ बैशाख २०७८, सोमबार

रिलायन्स फाइनान्सले नगद लाभांश खातामा पठाउन थाल्यो

आर्थिक सञ्जाल
२८ फाल्गुन २०७६, बुधबार १५:११

काठमाडौं : रिलायन्स फाइनान्स कम्पनीले बुधबार (फागुन २८ गते) देखि सेयरधनीहरुलाई ६.५८% नगद लाभांश बैक खातामा जम्मा गरिदिन थालेको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन थालेको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई कम्पनीले डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

रिलायन्सको फागुन १६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६को नाफाबाट सेयरधनीहरुलाई ६.५८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश सेयरधनीहरुको खातामा जम्मा हुन थालेको हो ।