३० बैशाख २०७८, बिहीबार

बैंकले सुनलाई निक्षेपका रुपमा राख्यो भने के के फाइदा हुन्छन् ?

आर्थिक सञ्जाल
२७ फाल्गुन २०७६, मंगलवार ११:२०

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौ । सुन निक्षेप पनि अन्य निक्षेप जस्तै हो । यो नेपाली बैकिङ क्षेत्रको लागि नयाँ प्रडक्ट हो  । हामी शुरुवाती फेजमा छौं । सामान्यतया सुन निक्षेपमा लिइसकेपछि ब्याज दिनुपर्ने हुन्छ । कर्जा दिन नसक्ने हो भने निक्षेपमा लिन सक्ने अवस्था पनि आउँदैन  । बैंकहरूले ब्याज दिनका लागि त काहीँ न काहीँ लगानी गर्नुपर्ने हुन्छ । बिना लगानी ब्याज दिन कसरी सम्भव हुन्छ र ? कर्जा दिन सकिएन भने ब्याज दिन सकिदैन । यदि लोन दिन नसक्ने हो भने निक्षेपमा लिन  पनि सकिदैन ।

राष्ट्र बैंकले सुनलाई निक्षेपका रुपमा स्वीकार गर्ने परिपत्र अनुसार न्यूनतम ३ वर्षका लागि सुन निक्षेपको रुपमा राख्न सकिन्छ । भर्खरै राष्ट्र बैंकको परिपत्र आएको छ । यस विषयमा विस्तृत अध्ययन गरेर सुहाउँदो र समयासापेक्ष कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने हो । सुनलाई राष्ट्र बैंकले सीआरआर/एसएलआर मा गणना गर्न पाउने भनेको छ । जस्तै सीआरआर/एसएलआरमा सुन राख्दा त्यहाँ रहेको पैसा निष्कन्छ । त्यो पैसा लोन दिन पाउने कि नपाउने भन्ने विषय छन् । यस विषयमा हामी राष्ट्र बैंकसँग  सम्बाद गर्छौ ।

यस वारेमा नेपालका बैकिङ क्षेत्रलाई पनि कम ज्ञान छ । मैले अन्तर्राष्ट्रिय बजारको अभ्यास कस्तो रहेछ भनेर केही साथीहरूलाई भारतमा बुझ्न पठाउन लागेको छु । अन्तर्राष्ट्रिय चलनचल्तीलाई हेरेर कार्यविधि बन्छ । अनेत्र कसरी सुन लोन दिन्छन् भनेर हेर्नुपर्ने हुन्छ । के कस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर हामी अध्ययन गर्छौै । कति फाइदा हुन्छ त्यो अहिले नै भन्न सकिदैन  ।

यसले बजारमा कति लगानी योग्य तरलता निर्माण गर्छ भन्नुभन्दा पनि    नेपालीहरूले कति सुन राखेका छन् भन्ने विषय मूल हुन आउँछ । सो थाहा नभइ भन्न सकिदैन । गहना राखेर ब्याज दिने कुरा भएन । गहना त निक्षेपकर्ताले फिर्ता लिएर जानु हुन्छ । गहना नै पगाल्ने भन्ने  विषय कति उपयोगी बन्छ र ।

बैंकले निक्षेपको रुपमा काँचो सुन राख्ने हो । काँचो सुन सर्वसाधारणले सहज रुपमा आयात गर्न पाउँदैनन् । त्यो सुन भनेको विदेशबाट आउँदा ल्याएको सुनको अंश मात्र हो । १० तोला सुन लियौं भने कति लिक्युडिटी आउँछ भन्ने हो । अब यति हो कि सुनलाई पैसामा गणना गर्न पाइने भयो । यो सकारात्मक पक्ष हो । यसलाई हामीले बृहत्त प्रडक्टको रुपमा लिएका छौं । घरभित्र रहेको सुन बैकिङ क्षेत्रमा आउने भयो । यो उत्पादनमूलक हुनसक्छ । विदेश मुद्रा तिरेर ल्याएको सुन लगानी योग्य बनाउन सकियो भने पक्कै यसबाट फाइदा हुन्छ ।  पेपर लोन पनि दिन सकिने हुन्छ कि के हुन्छ ।

नेपालमा पहिलो पटक आएकोले यसमा अध्ययन हुन नै वाँकी छ । राष्ट्र बैंकको परिपत्रले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्दा सो सुनलाई सीआरआर÷एसएलआरमा गणना गर्न दिने भनिएको छ । यसो हुँदा त्यसमा रहने पैसा अनेत्र लगानी गर्न सकिने भयो ।  यसका अरु पार्ट पनि छन् ।

तर, सीसीडी रेसियो त ८० प्रतिशत नै छ । यसलाई कसरी समायोजन गर्ने भन्ने मुख्य मुद्दा हो । सीसीडी रेसियोलाई कसरी समायोजन गर्ने ? हिजो मैले १ सय रुपैयाँमा २० रुपैयाँ तरलता राख्थे । अब सुन पनि तरलतामा गणना भएपछि त्यहाँबाट लगानी योग्य पुँजी निष्कन्छ । यो लोन दिन पाउनु पर्ने हुन्छ । यसले लगानी योग्य पुँजी बढाउन पनि सहयोग गर्छ ।

यसको अर्थ तरलताको रुपमा रहेको पैसा लगानी प्रयोग गर्न सकिने भयो । यदि यसो भएमा सीसीडी रेसियोको गणना विधि पनि केही परिवर्तन गर्न पर्नु हुन्छ होला जस्तो मलाई लाग्छ । यसले गणना विधि परिवर्तन गर्न प्रेरित गर्छ । किनभने सुनलाई पनि सीआरआर÷एसएलआरमा राख्ने र अर्को २० प्रतिशत तरलता पनि राख्ने हो भने यदि यो ५ प्रतिशतमात्रै राखियो भने पनि अन्य तरलता १५ प्रतिशत राखे हो । मानिलिऔं सुनबाट ५ प्रतिशतमात्र लगानी आयो भने पनि सीसीडी त २५ प्रतिशत पुग्ने भयो । यसले सीसीडी रेसियो सम्बन्धि परिपत्र पनि परिमार्जन गर्नुपर्ने हुन सक्छ भन्ने मेरो बुझाइ हो ।