७ बैशाख २०७८, मंगलवार

नवनियुक्त अर्थ र सञ्चारमन्त्री डा. खतिवडाले राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको शपथ

आर्थिक सञ्जाल
२१ फाल्गुन २०७६, बुधबार १८:१९

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, नेकपाका वरिष्ठ नेता तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।