२५ फाल्गुन २०७७, मंगलवार

आगामी वैशाख २ गतेदेखि आठौं रियल स्टेट एक्स्पो हुँदै

आर्थिक सञ्जाल
२० फाल्गुन २०७६, मंगलवार १९:०४

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । आठौं रियल स्टेट एक्स्पो वैशाख २ गते देखि ५ गते हुने भएको छ । नेपाल हाउजिङ र भुमि विकासकर्तासँगले संयक्त रुपमा एक्स्पो आयोजना गर्न लागेको हो ।

भृकुटीमण्डपमा आयोजना हुन लागेको यस एक्स्पोका यस अघिका संस्करणहरुमा प्रर्दशनकर्ता, विज्ञापनदाता र अवलोकनकर्ताको उल्लेखनिय सहभागिता रहँदै आएको छ ।

माईस ईन्टरनेसनल सर्भिस र सिन्थेसिस एक्जिबिसन एण्ड ईभेन्टसले संयुक्त्त रुपमा कार्यक्रमलाई व्यवस्थापन गर्न भएका छन् ।एक्स्पोको ७५ प्रतिशत स्टलहरु बुक भईसकेको एक्स्पोका संयोजक बिदुर धमलाले बताएका छन् ।