१३ फाल्गुन २०७७, बिहीबार

ग्लोबलले ल्यायो टपअप मुद्दती निक्षेप योजना

आर्थिक सञ्जाल
१९ फाल्गुन २०७६, सोमबार १९:५३

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतका लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिनेछ ।

जसअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिनादेखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म ब्याज प्राप्त गर्न सक्नेछन् ।

साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधिभित्र मौज्दात रकम थप गर्नसक्ने सुविधा समेत रहेको छ ।

ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।

बैंकले हाल देशभर २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

बैंकले वित्तीय सेवाको पहँुच नपुगेका देशका विभिन्न सुगम तथा दुर्गम स्थानहरुमा आफ्ना शाखा संजाल विस्तार गरी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेपालको बैकिङ्ग क्षेत्रमा एक उत्कृष्ट बैंक हुने लक्ष्य राखेको छ ।