१३ फाल्गुन २०७७, बिहीबार

चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत

आर्थिक सञ्जाल
१९ फाल्गुन २०७६, सोमबार १८:४४

 

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा सिद्धार्थ बैंक, कञ्चन डेभलपमेण्ट बैंक, सबैको लघुवित्त र नबिल बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

सिद्धार्थको ९० लाख १ हजार ६२६ दशमलव शून्य २ कित्ता , कञ्चन डेभलपमेण्ट बैंकको ५ लाख ३१ हजार ३०० कित्ता, सबैको लघुवित्तको २ लाख १४ हजार ५०० कित्ता र नबिल बैंकको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता शेयर सूचीकृत भएको हो ।

यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट पारित बोनस शेयर कारोबारका लागि नेप्सेमा सूचीकृत गराएका हुन । सूचीकृत पश्चात आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।