२१ फाल्गुन २०७७, शुक्रबार

सनराइज बैंकका ग्राहकहरुलाई बेल्स क्याफेमा विशेष छुट

आर्थिक सञ्जाल
१९ फाल्गुन २०७६, सोमबार १४:३५

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । सनराइज बैंक र बेल्स क्याफे धनगढी बीच एक समझौता  भएको छ । सनराइज बैकं सुदूरपश्चिम प्रदेश कार्यालयका ग्राहकहरुलाई बेल्स क्याफे धनगढीमा खाना र नास्तामा विशेष छुट दिने सम्झौता भएको हो ।

सो  सम्झौता अनुसार सनराइज बैंकको ग्राहक बेल्स क्याफेमा खाना तथा नास्तामा १० प्रतिशत छुट पाउने छन् ।

सनराइज बैंक सुदूरपश्चिम प्रमुख सुरेन्द्र बहादूर शाही र बेल्स क्याफेका प्रबन्धक घनश्याम जोशीले सो  सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।