२५ बैशाख २०७८, शनिबार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सीईओ पदमा आवेदन माग्यो, कस्तो चाहिन्छ योग्यता ?

आर्थिक सञ्जाल
१८ फाल्गुन २०७६, आईतवार १६:५०

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ । प्रमुख कार्यकारी अधिकृत छनौट सिफारिस समितिले आइतबार सूचना प्रकाशित गरी २१ दिन भित्र योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिनु पर्ने उल्लेख गरेको छ ।

३५ वर्ष पूरा भई ५८ वर्ष उमेर भित्रका मान्यता प्राप्त शिक्षण संस्थाबाट इञ्जिनियरिङ, व्यवस्थापन, वित्त, वाणिज्य वा सार्वजनिक प्रशासनमा कम्तिमा स्नातकोत्तर पास गरेको र सरकारी वा गैर सरकारी संघसंस्थामा अधिकृतस्तरको पदमा १० वर्ष कार्य अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

चार वर्ष पदावधि भएको उक्त पदका लागि आवेदन दिन दरखास्त दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ । इच्छुक व्यक्तिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालय त्रिपुरेश्वरमा दरखास्त पेश गर्नु पर्नेछ ।