६ बैशाख २०७८, सोमबार

तीनजना ज्येष्ठ सञ्चारकर्मीलाई अभिनन्दन र तीन सञ्चारगृहलाई सम्मान

आर्थिक सञ्जाल
१८ फाल्गुन २०७६, आईतवार १६:१८

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौँ । तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरु मदनदास श्रेष्ठ, राजाराम श्रेष्ठ र कृष्णा ताम्राकारलाई अभिनन्दन गरिएको छ ।
नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा गठित नेवाः पत्रकार कोषको सहयोगमा नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिएको कार्यक्रममा नेवाः सञ्चारका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका तीनवटा सञ्चार गृहहरु छापा तर्फ ‘‘न्हू प्रेष्टिज नेपाः” मासिक, उज्यालो रेडियो नेटवर्कको ‘‘लहना” ज्याझ्वः र ‘‘नेपाल मण्डल” टेलिभिजनलाई पनि सम्मान गरिएको थियो ।
पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्य तथा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका सभासदहरु जीवन डंगोल र पशुपती चौलागाईका साथै इञ्जिनीयर राजदास श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दबूका अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषका अध्यक्ष कुमार रञ्जितले स्वागत मन्तव्य साथै पवनलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


टोखाको इन्द्रायणी दापा खलः र सहलुबि दापा खलःको सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा टोखाको चाकु वितरण पनि गरिएको थियो भने ई. श्रेष्ठले कोषलाई पाँच हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।