२४ फाल्गुन २०७७, सोमबार

घट्यो सुन–चाँदीको भाउ

आर्थिक सञ्जाल
१६ फाल्गुन २०७६, शुक्रबार १२:३७
आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं ।  शुक्रबार सुन–चाँदीको भाउ घटेको छ । दिनहुँ भाउ बढेर नयाँ–नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य शुक्रबार भने ५०० रुपैयाँ घटेको हो । शुक्रबार छापावाला सुनको भाउ प्रति तोला ५०० रुपैयाँले घटेर ७९ हजार २०० रुपैयाँमा झरेको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ५०० रुपैयाँले नै घटेर ७८ हजाार ९०० रुपैयाँमा आएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रति तोला ७९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ७९ हजार ४०० रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी गराएको छ । पछिल्लो समय सुनको मूल्य चुलिनुमा कोरोना भाइरसलाई प्रमुख कारण देखाइएको छ । यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुन बजारमा आकर्षित हुन थालेको व्यवसायीको दाबी छ ।

विश्व बजारमा भाउ चुलिए पछि नेपाली बजारमा स्वतः वृद्धि हुने गर्छ । किने भने हाम्रो सुन बजार पूरै आयातमा निर्भर छ ।सुनमा अन्तर्राष्ट्रिय बजारमा तोकिने मूल्यलाई नै आधार मानेर स्थानीय बजारमा व्यवसायीले नाफा समेत जोडी बिक्री गर्छन् ।