८ बैशाख २०७८, बुधबार

नेपाल प्रहरीको एआईजीमा लम्साल, थापा र पाललाई बढुवा सिफारिस

आर्थिक सञ्जाल
१५ फाल्गुन २०७६, बिहीबार १८:५६

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । बहुप्रतिक्षित नेपाल प्रहरीका रिक्त तीन एआईजी पदमा क्रमश तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई गुह मन्त्रालयले बढुवा सिफारिसको निर्णय गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी एआईजीको लागि तीन प्रहरी डीआईजीको नाम सिफारिस गरेको छ । डीआईजीहरु लम्साल, थापा र पाललाई एआईजीमा बढुवाको लागि सिफारिस गरिएको हो डीआईजीको वरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार एआईजी बढुवाको लागि सिफारिस गरिएको छ ।

रिक्त तीन पदका लागि एकै समय बढुवा भएका ६ जना र केही समय अघि बढुवा भएका एक गरि सात जना एआईजीको प्रतिस्पर्धामा थिए । निकै रस्साकस्सीका बीच वरिष्ठतालाई ख्याल गर्दै सरकारले यो निर्णय गरेको हो । सरकारको यो निर्णय पछि भावी आईजीपीको दौडमा शैलेश थापा क्षेत्रीले बाजी मारेका छन् ।