२८ बैशाख २०७८, मंगलवार

रोल्पाको माडीमा एनएमबिको १६४औंँ शाखा

आर्थिक सञ्जाल
१५ फाल्गुन २०७६, बिहीबार १७:२९

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौँ । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । उर्जा मन्त्री वर्षमान पुन र बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणले बिहीबार संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेका हुन् ।

२४ बर्ष देखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नविनतम् सेवा तथा सुविधाहरु द्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ उक्त शाखा संचालनमा ल्याएको जनाएको छ ।

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।