२ जेष्ठ २०७८, आईतवार

अर्थमन्त्री खतिवडाले अब राष्ट्रिय सभा सदस्यमा निरन्तरता नपाउने

आर्थिक सञ्जाल
१४ फाल्गुन २०७६, बुधबार १४:३९

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं । अर्थमन्त्री पदबाट डा. युवराज खतिवडा बाहिरिने संकेत देखिएको छ । खतिवडा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत भएका हुन् । अब उनको ठाउँमा नेकपाका प्रभावशाली नेता बामदेव गौतमलाई नियुक्त गरिने उक्त दलले निर्णय गरेको छ । यससँगै उनको अर्थमन्त्रीबाट बहिर्गमन हुने संकेत देखिएको छ । खतिवडाको अवधि यही फागुन २० गते सकिंदैछ ।

अवधि सकिएको ६ महिनासम्म मन्त्री हुन भने सक्ने व्यवस्था रहेको छ । राष्ट्रिय सभा सदस्य बनाएर उनलाई प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री नियुक्त गरेका थिए । अब राष्ट्रिय सभा सदस्य नहुने भएपछि अर्थमन्त्रीमा पनि अर्को व्यक्ति आउने सम्भावना बढेको छ ।