१० बैशाख २०७८, शुक्रबार

शिखर इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

आर्थिक सञ्जाल
१२ फाल्गुन २०७६, सोमबार १०:२०

काठमाडौं । शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन १३ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । त्यसकारण फागुन १२ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

कम्पनीलेक प्रति शेयर १०० अंकित मूल्यका ३१ करोड ७१ लाख ९३ हजार २ सय बराबरको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ ।

हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ ।