७ बैशाख २०७८, मंगलवार

समृद्धि क्यापिटलको छैटौं बार्षिक साधारणसभा सम्पन्न

आर्थिक सञ्जाल
१२ फाल्गुन २०७६, सोमबार ०८:३७

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६

काठमाडौं । पुँजि बजार सम्बन्धी कम्पनी समृद्धि क्यापिटल लिमिटेडको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।आइतबार सम्पन्न भएको साधारण सभाले ६.५% बोनस सेयर तथा प्रभु क्यापिटल लिमिटेडसँग २० रुपैयाँ थप प्रीमियम सहित मर्जरमा जाने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । कम्पनीले प्रभु क्यापिटलसँग मर्जरमा जाने सम्झौता यस अघि नै गरिसकेको छ ।