१० बैशाख २०७८, शुक्रबार

नागरिक लगानी कोषले घोषणा गर्यो बोनस

आर्थिक सञ्जाल
११ फाल्गुन २०७६, आईतवार १६:२४
आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६
काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २२% बोनस सेयर र कर प्रयोजनका लागि १.१६% नगद लाभांश दिने प्रस्ताव गरेको हो । कोषले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई यो लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । कोषले अघिल्लो वर्ष पनि २२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिएको थियो ।