८ बैशाख २०७८, बुधबार

अभिकर्तालाई ऊर्जा थप्दै सन नेपाल

आर्थिक सञ्जाल
१० फाल्गुन २०७६, शनिबार २०:४३
आर्थिक सञ्जाल । शनिबार, १० फागुन २०७६
काठमाडौं । बीमा व्यवसायलाई विस्तार गर्ने र बीमा चेतनालाई अभिवृद्धि गर्ने अभियानमा रहेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखा कार्यालयले जीवन बीमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सन्पन्न गरेको छ ।                   सन नेपाल लाईफका महाप्रबन्धक कमलराज गौतमको उपस्थितिमा सो तालिम सम्पन्न गरेको हो । तालिमपछि अभिकर्ताहरुले थप हौसला, उत्प्रेरणा पाएको कम्पनीले जनाएको छ । बीमा अभिकर्ताहरुलाई समय समयमा अभिप्रेरणा तालिम दिएर पुनर्ताजगी गर्ने नियमित कार्यक्रम अन्तर्गत सो तालिम दिइएको हो । तालिम पछि कम्पनीको बीमा व्यवसाय अझै फराकिलो हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।