२८ बैशाख २०७८, मंगलवार

कटुवा पेस्तोल र गोली सहित एकजना पक्राउ

आर्थिक सञ्जाल
१० फाल्गुन २०७६, शनिबार १९:४५

आर्थिक सञ्जाल । शनिबार, १० फागुन २०७६

रौतहट । बौधीमाई नगरपालिका-९ सरमुजवाबाट सोही नगरपालिका-८ बस्ने नवल किशोर मुखियालाई कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरी गरेको शंकामा स्थानीयले मुखियालाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा मुखियाले प्रयोग गरेको बा.६ प २९११ नम्बरको मोटरसाइकलको सिटमुनी उक्त पेस्तोल र गोली फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।