२४ फाल्गुन २०७७, सोमबार

खानेपानी प्राबिधिक दुई लाख रुपियाँ घुस रकम सहित समातिए

आर्थिक सञ्जाल
९ फाल्गुन २०७६, शुक्रबार १२:३२

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
सुर्खेत । भेरीगंगा नगरपालिका सुर्खेतका एक प्राविधिकलाई रु दुई लाख घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई बिहीबार साँझ भेरीगङ्गाकै मदानेचौरबाट रङ्गेहात पक्राउ गरेको छ ।                                                              अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले निर्माण सम्पन्न भइसकेको झोलुङ्गे पुलको काम गरेवापत खानेपानी प्राविधिक केसीले घुस मागेको खुल्न आएको बताए । अख्तियारको टोलीले घटनास्थल मुचुल्कापछि प्राविधिक केसीमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।