१६ फाल्गुन २०७७, आईतवार

सिटिजन्स बैंकद्वारा उदयपुरको तपेस्वरी आधारभूत विद्यालय गल्फ डियालाई आर्थिक सहयोग प्रदान

आर्थिक सञ्जाल
८ फाल्गुन २०७६, बिहीबार १८:५२

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६ काठमाडौं ।
काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवातथा सुविधादिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको वेलका नगरपालिका स्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु ६० हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।

आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीचउक्त सहयोग रकम हस्तान्तरण गरियो । यस विद्यालयले निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ ।

यस किसिमको सहयोगले शैक्षिक सामाग्रीको अभावमा पठन पाठनमा भई रहेको कठिनाई अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ ।